बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकार भ्रष्टाचारको पर्याय भनेपछि प्रधानमन्त्री ओलीको कडा चेतावनी

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा प्रधानान्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए । यसअघि बैठकको शुन्य समयमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए ।

शर्मालाई जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यावाची भनेको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूले चुनावको बेलामा मात्रै प्रतिस्पर्धा गर्ने र अन्य समयमा मुलुकको विकासका काममा साझा प्रयास गर्न आह्वान गरे ।

चुनावको बेलामा बाहेक अन्य समयमा विकासका काममा साझा प्रयासले मात्रै परिवर्तन ल्याउन सकिने उनको भनाई छ । प्रधानमन्त्री ओलीले साझा प्रयास गरेर विकास गर्न सके नेपाल अर्थतन्त्रमा आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने बताए । उनले मुलुकको राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सके लगानीका लागि सकारात्मक वातावरण बन्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवद्र्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको दाबी गरे । नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिरर्भरतर्फ अघि बढ्ने विश्वास प्रधानमन्त्री ओलीको छ । प्रभावकारी कुटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको भन्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले नेपाल विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु “समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजाको शुरुवात बिन्दु भएको जिकिर गरे । नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन विगत लामो समयदेखि प्रयत्नरत रहेको भन्दै ४५ देशका समूहको नेतृत्व गरेको नेपाल ७ मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुने दाबी गरे ।

नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको संकेत भएको भन्दै अब नेपालको सूचांक बलियो बन्ने र लगानीको लागि थप वातावरण तयार हुने प्रधानमन्त्री ओलीको जिकिर थियो । नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तहरूमध्ये संयुक्त राष्ट्र सङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x