बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पहिलो संस्करणको एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख, क्यानलाई झण्डै साढे २ करोड नाफा

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा भएको जनाएको छ ।

बिहीबार बसेको क्यानले बोर्ड बैठकपछि एक प्रेस विज्ञप्तिमार्फत एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको जानकारी गराइएको हो ।

यस्तै, पहिलो संस्करणको एनपीएलको कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको क्यानले जनाएको छ । आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ ।

शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिइएपछि क्यानको आम्दानी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानले जनाएको हो ।

एनपीएलको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको उक्त आय–व्यय प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिको बैठकले थप अध्ययन गरी आगामी बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ ।

– तस्वीर : निर्माणाधीन त्रिवि क्रिकेट रङ्गशाला/स्रोत : क्यानको फेसबुक

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x