बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउँदै

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात न्यूनीकरण, आन्तरिक उत्पादन वृद्धि र कृषकको आयस्तर सुधार गर्ने उद्देश्यले आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ।

साना किसानको आयआर्जन बढाउने, खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउने र जैविक बालीहरूको प्रवर्द्धन गर्ने लक्ष्यसहित यो दिवस मनाइएको हो।

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरिएको थियो ।

कृषि विभागका अनुसार कोदो दिवस जलवायु परिवर्तनको असर न्यूनीकरण, दिगो विकास लक्ष्य प्राप्ति र जैविक विविधताको संरक्षणका लागि महत्वपूर्ण मानिएको छ।

विभागका तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ मा झण्डै १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको थियो, जसको मूल्य ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबर रहेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x