चक्रे मिलनसहित १९ जनालाई सात दिन म्याद थप

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ ।
गएराति महाराजगञ्जको एक होटलबाट चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जना पक्राउ गरेकोमा २८ जनालाई छाडेको थियो ।
बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE