बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा श्रम तथ्याङ्क आयोगको प्रमुखलाई बर्खास्त

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिएका छन् ।

कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई बर्खास्त गर्न ट्रम्पले निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो टोलीलाई पूर्व राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका राजनीतिक अधिकारीलाई हटाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।

पछिल्लो सार्वजनिक तथ्याङ्कअनुसार अमेरिकामा मे, जुन र जुलाई महिनामा रोजगारी वृद्धिको दर अघिल्लो अनुमानभन्दा धेरै कम भएको देखिएको छ ।

रोजगारी वृद्धिदर घट्नु अर्थतन्त्रको लागि चिन्ताजनक अवस्था मानिएको विश्लेषण गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x