बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भिजिट भिसामा अघोषित प्रतिवन्ध गलतः महानिर्देशक तिवारी

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा अघोषित प्रतिवन्ध लगाएर समस्याको समाधान नहुने बताएका छन् ।.आईतवार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक तिवारीले यस्तो बताएका हुन् ।

श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरु समाधान नहुने उनको भनाइ छ ।

उनले मानव तस्करी र स्वेच्छिक रुपमा विदेश जान चाहने व्यक्तिलाई एउटै नजरले हेर्न नहुने पनि बताए । उनले भिजिट भिसा दुरुपयोगका सम्बन्धमा भएको अनियमिततालाई मानव तस्करी भन्न नमिल्ने उल्लेख गरे ।

भिजिट भिसासम्बन्धी समस्या अध्यागमनका कर्मचारीको कमजोरी र नियतले नभई प्रणालीगत समस्याको कारण सिर्जित भएको उनको जिकिर छ ।

उनले भने, ‘हामीले श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित बनाउनुको सट्टा हामीले भिजिट भिसामा अघोषित प्रतिबन्ध लगाउनु गलत बाटो हो । मानव तस्करी र भिजिट भिसा पनि हामीले एउटै हो भनिदियौँ । भिजिट भिसा त आफ्नो इच्छाले हो नि । त्यसकारण यो सबैलाई हामीले एउटै डालोमा हेर्नु भएन । जबरजस्ती लग्ने मानव तस्करलाई कारबाही गर्नुप¥यो । कोही जान्छ भने पनि उसलाई काउन्सिलिङ गर्नुपर्यो । के भिजिट भिसाको समस्या अध्यागमनका केही कर्मचारीको नियत वा कमजोरीले मात्र सिर्जित भएको हो त ? कि यो एउटा गहिरो प्रणालीको समस्या हो ?’

उनले अध्यागमन कार्यालयको पुनःसंरचना र कानूनी सुधार गर्नसके मात्र भिजिट भिसा दुरुपयोग रोक्न सकिने बताए ।

उनले भिजिट भिसामा आउने मान्छेको भिसालाई वर्क भिसामा रुपान्तरण नगर्न कुटनीतिक पहल गर्नुपर्ने समेत बताए ।

महानिर्देशक तिवारीले अध्यागमन सुधारका लागि प्याकेजमा काम गर्न लागेको उल्लेख गर्दै सहकार्य गर्नको लागि सरोकारवाला सबैसँग आह्वान गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x