बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवाद गर्छौं

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको दुरुपयोग गरिररहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा प्रमुख सचेतक घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले संसदमा गरिरहेको गतिविधिप्रति आपत्ति जनाएका हुन । रास्वपा र राप्रपाले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविनको माग गर्दै दुई महिनाभन्दा बढी समयदेखि संसद बहिष्कार गर्दै आएका छन् ।

प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसदको मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘संसदमा उभिएर सधैं गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भनेर भन्ने—भिजिट भिसा भनेको के मानव तस्करी हो ? यहाँ भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को छ ? को सांसद हुनुहुन्छ ?  यो के भन्न खोजिएको हो ?  अब पनि संसदमा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए प्रतिवादमा उत्रिने चेतावनी समेत दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x