स्थायी कमिटी बैठकमा सबै खाले एजेण्डामा छलफल भयोः जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेण्डाहरुमाथि छलफल भएको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले सबैखाले एजेण्डाहरुमा पार्टीमा वृहत छलफल भएको बताए ।
उनले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताए । उनले भने, ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो ।
वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’ माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तराई मधेसमा देखिएको पानीको संकटप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE