बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गरेका थिए ।

सो क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सेरदारलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए । भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउन लगायत विषयमा छलफल भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x