बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शिक्षा समितिको बैठकमा काँग्रेस प्रमुख सचेतक घिमिरे र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ ।

विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक घिमिरे र सांसद श्रेष्ठबीच चर्काचर्की भएको हो । सांसद श्रेष्ठले विद्यालय शिक्षा उपसमितिको प्रतिवेदन कसले रोक्यो ? भनेर प्रश्न गरेपछि प्रमुख सचेतक घिमिरेले प्रतिवाद गरे ।

सांसद श्रेष्ठले निजी विद्यालयलाई अनुदान दिन नहुने तथा विद्यालयले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई आवाससहितको पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रश्ताव राखिन । घिमिरेले निजी विद्यालयले आवासको व्यवस्था गर्ने व्यवस्था कानूनमा राख्न नहुने धारणा राखे । संसारका धेरे जस्तो देशहरुमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई अनुदान दिने गरेको उल्लेख गर्दै अनुदान दिनसक्ने व्यवस्था गर्न प्रश्ताव उनको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x