३० आश्विन २०८३, शुक्रबार

उत्तराखण्डको बाढी पहिरोमा नेपालीसमेत परेको खबरले प्रधानमन्त्री चिन्तित

0
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले उत्तराखण्डको बाढीपहिरोमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबरले चिन्तित भएको बताएका हुन् ।

उनले नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल भएको पनि जानकारी गराए ।

सामाजिक सञ्जालमार्फत उनले भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको प्रति दुःख समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।

उत्तराखण्डमा आएको बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका– १३ जना र बर्दिया मधुवनका ४ जना गरी १७ जना नेपाली नागरिक परेको आशंका गरिएको छ ।