विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न माग गर्दैै रास्वपाले अभियान चलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहनुभएका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय चःमतिमा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विदेशमा रहनुभएका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
त्यस्तै पार्टी सभापति रवि लामिछानेका लागि जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रिय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको बताए । पार्टीको संस्थापक केन्द्रिय सदस्य इश्रामुल्ला मियालाई केन्द्रिय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको गरिएको छ ।
पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रिय समितिका सबै सदस्यहरू तथा केन्द्रिय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय गरेको पनि बताइएको ।
रवि लामिछानेका लागि राजनीतिक, कानूनी, प्रशासनिक तवरमा न्यायका लागि प्रयास जारी राख्ने तर जनताको अदालतबाट न्याय पाइने उनले बताएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE