रास्वपाले आज रवि लामिछानेप्रति समर्थन जनाउँदै रक्षाबन्धन मनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति रवि लामिछानेप्रति समर्थन जनाउँदै रक्षाबन्धन मनाउदै छ ।
अभियान लामिछानेप्रति ऐक्यबद्धता र न्यायको पक्षमा जनचेतना फैलाउने उद्देश्यले यो अभियान आयोजना गरिएको रास्वपाले जनाएको हो ।
आज रक्षाबन्धनको अवसरमा दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्राङ्गण र काठमाडौँको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने रास्वपाले जनाएको छ । रास्वपाले समर्थक र शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई समर्थन जनाउन आग्रह गरेको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE