विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
विसं २०७५ देखि जरो किलो प्रतिष्ठान नेपालको पहलमा सुरु भएको यो दिवस यस वर्ष आठौँ संस्करणमा पुगेको हो ।
श्रावण पूर्णिमा (ऋषितर्पणी) को अवसरमा मनाइने यस दिवसमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिँदै छ। मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँमा आयोजना गरिएको छ ।
संस्कृत भाषामा निहित ज्ञान सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य रहेको विश्व संस्कृत दिवस कार्यपरिषद्ले जनाएको छ ।
प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमादेखि सुरु हुने भएकाले यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको जनाइएको छ । उनले यस दिवसलाई संयुक्त राष्ट्रसङ्घमार्फत आधिकारिक मान्यता दिलाउने तयारी पनि भइरहेको बताइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE