३० आश्विन २०८३, शुक्रबार

कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्य, ४७ जना घाइते

0
Shares


काठमाडौं । कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा परी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

झडप हुँदा कुटपिटबाट चौधरीको मृत्यु भएको बताइएको छ ।

शुक्रबार राति भएको झडपमा ४७ बन्दी घाइते समेत भएका छन्। उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भैरहेको बताइएको छ ।

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो । आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् ।