कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्य, ४७ जना घाइते

काठमाडौं । कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा परी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
झडप हुँदा कुटपिटबाट चौधरीको मृत्यु भएको बताइएको छ ।
शुक्रबार राति भएको झडपमा ४७ बन्दी घाइते समेत भएका छन्। उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भैरहेको बताइएको छ ।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो । आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE