काठमाडौं । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले जनाएको छ ।
कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन्। कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रूमले जनाएको छ ।
केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।