बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालले आज बलियो टोली उत्तर कोरियाको सामना गर्ने

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं । एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आज नेपालले उत्तर कोरियासँग खेल्दैछ । नेपालको आज समूह चरणको अन्तिम खेल हो ।

खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ ।

गत शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अङ्क पु¥याएको छ ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालको दुई खेलमा चार अङ्क छ । यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x