बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भारतको उत्तराखण्डको बाढीमा फसेका १३ जना नेपालीको उद्धार

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । भारतको उत्तराखण्डको बाढीमा फसेका १३ जना नेपालीको उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । भारतको उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर सडक निर्माणमा संलग्न दर्जनौं नेपाली कामदार अलपत्र परेका थिए ।

केही नेपाली पहिरोमा परेर अझै हराइरहेका छन् । मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पु¥याएको थियो ।

हालसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ । १ सयभन्दा बढी अझै बेपत्ता छन् । भारतीय सेनाका जवान पनि उक्त बाढीमा परेका छन् ।

५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका छन् । उद्धार गरिएका नेपालीमा वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह, दिनेश ,गंगा, सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही छन् ।

उनीहरूको नेपालको ठेगाना भने खुल्न नसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएकामध्ये अधिकांश उतै बसोबास गर्न थालेको बुझिएको छ । हाल त्यहा उद्धार र राहत कार्य जारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x