भूमि विधेयकमाथिको छलफलमा सांसदहरुमाथि खनिए मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरुमाथि नै खनिएका छन् ।
आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाए ।
विधेयकको केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोप्रति उनले आपत्ति जनाए । सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न समेत उनले आग्रह गरे । मन्त्री अधिकारीले विधेयकमाथि व्यवस्थित छलफल हुन नसकेको भन्दै असन्तोष समेत व्यक्त गरे ।
उनले भने, ‘सिरानको विषयमा छलफल भएको छ । पुछारको कुरा जोडिदिएको छ । यस्तो गरेर यो विधेयकको टुंगो पनि लाग्दैन र हामी सबल पनि देखिदैनौं । यो कुराहरुमा माननीयज्यूहरुको ध्यान जान जरुरी छ ।
के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुंग्याइसकेका छौं । त्यसका आधारमा सम्बन्धीत पक्षले एउटा प्रश्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ । अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्ने ? कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न । भाषागत कुरामा ध्यान जान जरुरी छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE