विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनको आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् ।
विपिनको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायल प्रस्थान गरेका हुन् ।
उनीहरु रुदैँ विमानस्थल प्रवेश गरेका थिए ।
‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि सम्पर्कमा छैनन् ।
हमास नेतृत्वमा रहेका लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि १० नेपाली विद्यार्थी मारिएका थिए । साथै, विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।
त्यसयता विपिनबारे कुनै जानकारी आएको छैन् ।
विपिनको उद्धारका लागि सरकारले कूटनीतिक पहल जारी राखेपनि कुनै उपलब्धी भने हासिल हुन सकेको छैन् ।
तस्वीर : सामाजिक सञ्जालबाट
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE