अर्जुन सापकोटाले ल्याए के जन्मिएँ खै ?
काठमाडौं । गायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार बेलुका आफ्नो एकल स्वरमा के जन्मिएँ खै ? बोलको गीत सार्वजनिक गरेका हुन् ।
तीजको अवसर पारेर उनले ल्याएको गीत रमाइलो खालको छ । भिडिओमा अर्जुन स्वयंले अभिनय तथा नृत्य गरेका छन् । साथमा शिवु पाण्डे, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही, रेकिशा खत्रीलगायतको अभिनय छ ।
गीतको शब्द अर्जुन र हरि गिरी विमर्शीका हुन् । अर्जुनकै संगीत रहेको गीतलाई एरेन्जको काम एचबिएन किस्मतले गरेका छन् । भिडिओको मौसम हिमालीले निर्देशन गरेका हुन् ।
दिनेश पराजुली र टिमको छायांकन रहेको भिडिओ सम्पादन मिलन विश्वकर्माले गरेका छन् । अर्जुनले दुःख साट्म्ला ल्याएको ९ महिनापछि नयाँ अफिसियल गीत सार्वजनिक गरेका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE