शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि कुराकानी गर्दै उनले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी दिए । उनले निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरुसँग सुझाव लिइएको बताए ।

उनले, ‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरुको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरु र पार्टीका पदाधिकारीहरुको संयुक्त बैठक थियो । त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ ।

त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीज्युहरुको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरुलाई राखेर त्यसका बारेमा छलफल भयो । र त्यो छलफलमा केही सुझावहरु प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x