रविको कारागार स्थानान्तरण नहुनु दुखद मात्रै होइन, नबुझिँदो छः कांग्रेस सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले लामिछानेको कारागार स्थानान्तरण नहुनु दुस्खद मात्रै नभएर नबुझिँदो विषय भएको बताए ।
‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर, राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति अदालतद्धारा कारागार स्थानान्तरणको आदेश दिँदा दिँदै पनि कारागार स्थानान्तरण नहुनु दुस्खद मात्रै होइन, नबुझिदो कुरा भएको छ,’ उनले भने । लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा रहेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE