शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति हुन् भने यादव हड्डी र खरानी खरिद गर्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् । पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

साउन  २३ को दिउँसो पशुपति आर्यघाट२ नम्बर चितामा जल्दै गरेको शवबाट उनीहरूले हड्डी सहितको खरानी निकालेर बेचेको आरोप उनीहरूमाथि छ। ढकाल र मैनालीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x