बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानसेनापतिको आग्रहः विश्वास गर्नुस्, काठमाडौं—तराई द्रुतमार्गको काम नेपाली सेनाले समयमै सक्छ

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं—तराईरमधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो । जसमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे ।

उनले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए । उनले अब बनाउनुपर्ने कामहरु छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने बताए ।

उनले भने, ‘हाम्रो भनाइ र सोचाई काम समयमा सक्नुपर्छ भन्ने हो । ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिवद्ध छौँ । अहिले करिव करिव ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन् । धेरै जसो समय इआइए गठन, टेण्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ ।

समस्या समाधानहरु हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिनसक्छ । काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौँ । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाई छ । ऐतिहासिक र धार्मिक हिसावले महत्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बसने ठाउँहरु छन् । त्यसलाई छोडेर नै नयाँ डिपिआर तयार पारेका छौँ ।’

प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरु खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीहरुबाट नहुने बताए । अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको उनको भनाई छ । ठेकेदारहरुबाट समयमा काम नभएको समस्या रहेको पनि गुनासो गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x