प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिनुभएको बताए ।
प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिनुभएको उनको आरोप छ । आफू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियाली रहेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको बताए ।
उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ ।
यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ । टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE