रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘भवितव्यले खुलेका पार्टीहरु मुलुकमा अराजकता फैलाउन उद्दत छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरु देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका छन् । शुक्रवार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।
केही पार्टीहरुले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गरे । उनले मुलुकको शान्ती व्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरु सक्रिय रहेको उल्लेख गरे ।
विगतमा भएका राजनीतिक घटनाहरुको स्मरण गर्दै उनले केही शक्तिहरु त्यस्तै घटनाहरू दोहो¥याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे । उनले नेपाली नागरिकलाई सुखि र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘नेपाली नागरिकलाई सुखि बनाउन र हाम्रो देशलाई समृद्ध बनाउन हामीले नयाँ ढंगले, नयाँ तरिकाले, नयाँ संकल्पनका साथ अगाडि बढ्नुपर्ने अब ढिला भइसक्या छ । समय भयो होइन ढिलो भइसकेको छ । त्यसकारण सबैको म यस बाटोतिर यस दिशातिर ध्यानाकर्षण गर्न चाहान्छु ।
कानून, संवाद लगायतबाट हुने कुरामा जोरजोलुम गरिने परिपार्टीको अन्त्य गरिनुपर्छ । आवेश र उत्तेजनामा कोही पनि नआउनू । देशमा शान्ती सुव्यवस्था खल्बलियोस् भनेर भड्काउने, देशलाई प्रतिगमनतिर लान पाइयोस् भन्ने, राणाकाल र राजतन्त्र उस्ताउस्तै हुन् ।
०५८ सालमा दरबार हत्यकाण्डजस्ता घटना भए । त्यसपछि पनि जनताको अधिकार खोसेर, नेताहरुलाई थुनेर, मुद्दा लगाएर निर्वाचित प्रधानमन्त्रीलाई हटाएर यस्तै यस्तै क्रियाकलाप गरेको हामीले देखेका छौं । यस्तै अध्याँरा दिनहरु फर्काउन केही तत्वहरु लागिरहेका छन् । केही तत्वहरु देशमा अराजकता फैलाउन कुदिरहेका छन् । आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन् । भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE