३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेलाई नख्खु कारागार ल्याउने तयारी

0
Shares


काठमाडौं । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ ।

लामिछानेले सरुवाका लागि निवेदन दिएपछि नक्खु कारागार ल्याउने निर्णय भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

कारागार सरुवाको निर्णय गरेर हिजो रुपन्देही कारागारमा पत्र पठाइएको छ र सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने जनाइएको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् ।

यसअघि लामिछानेले काठमाण्डौको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिएका थिए ।