बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टप एण्ड टी–२० सिरिजमा नेपालले आज बङ्गलादेश एसँग खेल्दै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश एसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुन लागेको हो ।

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित भएको थियो । जितका लागि नर्दनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नर्दन टेरिटोरीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

नेपालले प्रतियोगिताअन्तर्गत शनिबार बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x