३:१० को बुद्ध एयरको जहाजबाट रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।
रुपन्देही कारागारबाट सरुवा गरेर लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी गरिरहेको हो ।
लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए ।
गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका लामिछानेलाई अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
लामिछानेलाई बुद्ध एयरको ३ बजेर १० मिनेटको जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको बुझिएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE