बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खस्दा बाटो पूर्ण रुपमा बन्द भएको छ ।

आज बिहान करिव साढे चार बजेतिर माथिबाट खसेको ठूला ठूला ढुङ्गा सहितको पहिरोले बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण अहिले चितवन भएर नारायणगढतर्फ जाने र मुग्लिन हुँदै चितवनतर्फ आउने सबै सवारी साधन रोकिएका छन् ।

ठूला ठूला ढुङ्गा खसेकोले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

डिभिजन सडक कार्यालयसँग समन्वय गरि पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा पर्ने तुइनखोलाको सोही स्थानमा हिजो साँझ स्कुटरबाट भरतपुर मुग्लिनतर्फ गएको स्कुटरमा ढुंगा खसेर लाग्दा चालक घाइते भएका थिए । यस्तै, शुक्रबार मुग्लिनतर्फ गएको ट्रकमा ढुङ्गा खसेर लाग्दा चालक गम्भीर घाइते भएका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x