बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौँ आइपुगेका छन् ।

भारतीय वायुसेनाको विमान आईएफसी ३१ मार्फत मिस्री केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भारतले प्रधानमन्त्री ओलीलाई यही भदौ ३१ देखि असोज १ गतेसम्मका लागि आफ्नो देश भ्रमण गर्न प्रस्ताव गरे पनि मिति तय हुन बाँकी छ।

दुई दिनका लागि नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले अब प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।

नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किनेछन्।

मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।

भ्रमणका क्रममा दुई देशका सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x