५० हजार पारिश्रमीकका लागि युवा विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् । आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन ।
देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने उनको भनाई छ । उनले नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि बताए ।
पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुँने उनले बताए । यसका लागी महिलाहरु आत्मनिर्भर र व्यवसायिक बन्नुपर्नेमा उनले बताए । उनले राजनिति गर्ने हरेक मान्छेले सानो भएपनि पेशा व्यवसाय गर्नुपर्ने बताए ।
उनले भने, ‘यो देशभित्रै रहेको जलस्रोतको उपयोग गरेर, देशमा उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्ने, ४०र५० हजार तलबको लागी हाम्रा कुनै युवाले विदेश जान नपर्ने परिस्थिति निर्माण गर्ने र नेपाल राम्रो छ, यसलाई संसारकै राम्रो देश बनाउने जुन अभियानमा हामी लागेका छौँ ।
त्यो अभियान हाम्रो महिला संगठन सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव छैन । राजनिति पेशा होईन, राजनितिले खाना लाउन दिँदैन । राजनिति गर्छु भन्ने हरेक मानिसले सानो भन्दा सानो भएपनि पेशा व्यवसाय गर्नुपर्छ । कतिपय साथीहरुले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मानिह हुँ भनेर मैले भन्छु नी होईन, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन, तपाईहरुले पनि बुझ्नु भएको छ ।
पहाडबाट कोदो खान नपुगेर मधेश झरेको, झापाको सुकुम्वासीको छोरा यसलाई अध्यक्ष मान्नुप¥यो भनेर पीर गर्ने मान्छे पनि छन् । तर आफ्नो अवस्थामा हिनताबोध गर्नुहुँदैन । म सुकुम्बासी परिवारबाट आएको हुँला तर मैले खाने गाँसमा, लगाउने कपडामा बेईमानीको अंश छैन ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE