दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैनः मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन ।
इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ । उनले यात्रुको भीडभाड चाँडबाँडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताए ।
उनले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए । उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए ।
उनले भने, ‘यो वर्ष अहिलेसम्म हामीले एकपटक भाडा वृद्धि गर्यौं । यसको पनि एउटा नम्स छ । त्यसको आधारमा इन्धनको मूल्य घट्यो भने घटाउने र इन्धनको मूल्य बढ्यो भने बढाउने त्यस कालको प्रणाली हामीसँग छ । तर म तपाईहरुलाई के विश्वास दिलाउन चाहान्छु भने यो वर्षको दशैं र तिहारमा हाम्रो भाडा बढाउने योजना रहेको छैन ।
हामीले यातायात व्यवसायीहरुसँग पनि भनेका छौं । मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौं । बरु यातायात व्यवसायीहरुलाई केही पीर मर्का परेको छ भने यातायात व्यवसायीहरुसँग बसेर छलफल गर्ने भनेका छौं । नेपालमा सडकहरु धेरै छन् अहिले ।
यो सडक लगभग १०० किलोमिटर रहेको छ । संघीय मन्त्रालष्अन्तर्गत ३२ हजार किलोमिटर रहेको छ । अन्य सडकहरु प्रदेश सरकारले प्रदेश राजमार्ग भनेर राजपत्रमा निकालिसकेको अवस्था छ । ति सडकहरु हाम्रो मातहतमा समेत रहेकोमा ती सडकहरु अब एउटा बैठक बसेर प्रदेश सरकारहरुलाई हस्तान्तरण गर्छौं ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE