बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे ।

उनले उनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको जिकिर गरे । तर, आगो सल्काउन मद्दत गर्नेहरुमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरु समाधान गर्नुपर्ने बताए । काँग्रेसले त्यसको तागत राख्ने पनि उनको भनाइ छ ।

उनले भने, ‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ । आगो बलेको जस्तो भएको छ । जता गएपनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौँ । त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइ छन् । मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन् । दन्दनी बालिरहेका छन् ।

कसले गरिरहेको छ, किन गरिरहेको छ रु हामी तिनलाई चिन्छौँ, थाहा छ । कसले, कनि गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ । प्रश्न गर्नुपर्छ । असन्तुष्टिको आगोमा कसले मट्टितेल खन्याएको छ, त्यसतर्फ मात्रे औंला ठड्याएर हुँदैन । असन्तुटिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ । हाम्रो जिम्मेवारी हो । त्यो तागत हामी राख्छौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x