३० आश्विन २०८३, शुक्रबार

अमेरिकाद्वारा ६ हजारबढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

0
Shares


काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ ।

अमेरिकी कानुन उल्लंघन गरेको र भिसाको म्याद नाघिसकेकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

तीमध्ये धेरैजसो आक्रमण, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी र आतंकवादलाई समर्थनजस्ता गतिविधिमा संलग्न थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कडा निगरानीमा राख्ने नीतिको क्रममा यो कदम उठाइएको हो ।

यस्तै, करिब तीन सय भिसा आतंकवादसम्बन्धी गतिविधि गरेको आरोपमा खारेज गरिएको छ ।