बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वर्तमान संविधानका कारण प्रतिष्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने अवस्था छः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए ।
नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको उनको भनाइ छ । उनले सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

सभापति देउवाले भने, ‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिँड्नुपर्ने आवश्यकता छ । बाध्यता पनि भने हुन्छ । त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था छ । वास्तवमा भन्ने हो भने राम्रो बाटो लिएका छौँ । समावेशी संविधान बनेको छ । महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार छ ।’

सभापति देउवाले सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको बताए

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x