ट्यालेन्ट अफ नेपाल बागमती टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । यथार्थ प्रतिभाको एउटै मञ्च ट्यालेन्ट अफ नेपाल रियालिटी शो बागमती टेलिभिजनमा प्रशारण हुने भएको छ । बागमती टेलिभिजन नेटवर्क प्रा.लि.र सुआयुष्ना मिडिया बज एड्भरटाइजमेन्ट प्रा.लि.बीच बुधबार सम्झौता भएपछि यथार्थ प्रतिभाको एउटै मञ्च ट्यालेन्ट अफ नेपाल रियालिटी शो बागमती टेलिभिजन एचडीमा प्रशारण हुने भएको हो ।
टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सुआयुष्ना मिडिया बज एड्भरटाइजमेन्ट प्रा.लि.का अध्यक्ष आयुषा पोखरेलले रियालिटी शो को सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बागमती टेलिभिजन एचडीमा एक्सक्लुसिभ प्रसारण गरिने उक्त रियालिटी शो को अडिसन केही दिनमै सुरु हुने बताइएको छ ।
चाँडै नै प्रसारण मिति घोषणा गरिनेछ । कार्यक्रम भने शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि १० बजेसम्म सातामा दुई दिन प्रसारण हुनेछ । कार्यक्रम एक घण्टाको हुनेछ भने ३२ भागको हुने सुआयुष्ना मिडिया बज एड्भरटाइजमेन्ट प्रा.लि.अध्यक्ष पोखरेलले जानकारी दिइन । यथार्थ प्रतिभाको एउटै मञ्च ट्यालेन्ट अफ नेपाल रियालिटी शो विस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत दिइने पोखरेलको भनाई छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE