इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाएका छन् ।
नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग बुधवार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिएका छन् । उनले सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाए ।
उनले रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउनुभएको जानकारी गराए । उनले भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गरेका थिए ।
अध्यक्ष प्रचण्डले भने, ‘मेरो क्याबिनेटको दुई पटकको गृहमन्त्री हो रवि जी । भैरहवा पनि जान चाहेको थिएँ, नमिलेर हो । भैरुहवा बस्दाको अवस्था निकै जटिल थियो । भैरहवामा गोलघर जस्तै राखिएको भन्नुभयो । यहाँ आएपछि बसाई राम्रो भएको, खानपिन राम्रो भएको बताउनु भयो । यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो ।
मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने मलाई मात्रै लखेटियो भनेर कुरा राख्नुभयो । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भन्दा त्यत्ति सुविधा पनि पाइँन । सरकार र यो गठबन्धन मप्रति यति धेरै अनुदार, यति धेरु विभेद किन गरेको हो, बुझ्न सकेको छैन भन्नुभयो । उपसभामुखलाई झम्टिने काम यो गठबन्धनले गरेको छ । इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको हो ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE