बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायोः पूर्वराष्ट्रपति भण्डारी

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेकपा एमालेले सदस्यता नै नविकरण नगरेर राजनीतिमा फर्किन नदिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट पारेकी छन् । मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजना समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि दिएकी छन् ।

उनले एमालेको सदस्य लिएको ३५ बर्ष भएको भन्दै अझै एमाले नै नभएको दाबी गरिन । पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताइन । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उनको टिप्पणी छ ।

उनले आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गरिन । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको भन्दै सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन ।

संसद अहिले निरीह थलो भएको उनको आरोप छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पूर्वउपाध्यक्ष भन्दै सम्बोधन गरेका पोखरेलले ओलीमाथि पार्टीभित्रैबाट अनेक आरोप लाग्दा यहि फाउण्डेशनबाट वैचारिक लडाईँ लडिएको बताए ।

पोखरेलले पार्टीभित्र ओलीले विचारको झण्डा बोकेर हिँडेका बेला फाउण्डेशन महत्वपूर्ण ढंगले जोडिँदै आएको बताए । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् । उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x