बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो ।

यद्यपि उक्त पारित विधेयकमा प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् । माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रश्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ ।

रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ । विधेयकको प्रतिवेदन शुक्रवारको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने समितिको तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x