बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

परारष्ट्रमन्त्री राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरेकी छन् ।

शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी आउने गरेको प्रसंग जोड्दै सोझै हवाई उडानको पहल गर्न आग्रह गरेकी हुन् ।

दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा उनको जोड थियो । पछिल्ला बर्षहरुमा नेपालमा भियतनामका पर्यटकहरुको संख्या उल्लेख्यरुपमा बढेको बताउँदै मन्त्री राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामी उपराष्ट्रपतिलाई आग्रह गर्नु भएको बताइएको छ ।
नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति सुआनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x