पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैनः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् । सोमवार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
उनले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे । राजनीतिक संकट र चुनौतीहरुको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरुले सार्वजनिक कार्यक्रमहरुबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उनको जोड छ ।
उनले पार्टीका आन्तरिक समस्याका विषयहरुलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताए । उनले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरुको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन अहिलेनिकै ठूलो संकटको अवस्थामा छ । चुनौतीको बीचमा छ । नेपालको कम्युनिष्टआन्दोलन मात्रै होइन । नेपालको राजनीति र नेपालका राजनीतक दलहरुका सामु पनि यस्तैसंकट र चुनौतीहरु छन् । चुनौती नै चुनौतीहरुको माझबाट हामी अगाडि बढिरहेका छौं। त्यसकारण चुनौतीबाट आत्तिनुपर्ने, संकटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन ।
संकटकहिले आएन रु चुनौती कहिले थिएन रु चुनौती र संकटहरुलाई पन्छ्याउँदै हामीअगाडि बढिरहेका छौं । त्यसकारण चुनौती र संकटको सामना गर्ने आँटका साथ अगाडिबढाउनुपर्छ । कुनैपनि नेताले जिम्मेवारी लिईसकेपछि त्यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ।
जिम्मेवारी पुरा गरिएको छ कि छैन ? सोअनुसार काम गरिएको छ कि छैन भन्ने कुराकोअनुगमन पनि हुनुपर्छ । त्यसलाई प्रभावकारी बनाउन कार्यसम्पादन बुझायउने प्रणालीलाईव्यवस्थित गर्नुपर्छ । त्यसरी प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनिअगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघिलैजान सकिन्छ । काम गर्नेहरु पनि छन् । गरेर देखाइरहेका पनि छन् । काम गर्नेहरुकोप्रसंशा पनि गर्नुपर्छ ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE