बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले नरोकेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रिकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन सदस्यता नविकरण गर्न पहल गरेसँगै नेकपा एमालेले उनको सदस्यता नविकरण हुन नसक्ने निर्णय गरेको छ ।

राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ । तर कतिपय एमालेकै नेताहरु भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नविकरण हुनुपर्ने माग गर्दै आएका छन् । पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय नेताको रुपमा आफूलाई प्रचार गर्दै आएकी छन् ।

सोही बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताए । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उनको भनाइ छ ।

उनले भने, ‘आउने महाधिवेशनमा यो विषयमा हाम्रो प्रश्न हुनेछ । विधान महाधिवेशनभित्र कुरा उठ्नेछ । पार्टीका डकुमेण्टहरु पहिला नै आउने र छलफल गर्ने र सहमति भए सहमति हुन्छन्, भिन्न मत राख्न चाहनेका लागि भिन्न मत राख्ने वा कतिपय छलफलको कोर्षमा दिएका सल्लाहरु समेटिएपछि ति कुराहरु मान्ने भन्ने हुन्छ ।

नेपालको संविधानले कोही व्यक्तिलाई पार्टीमा काम नगर्न निषेध गरेका छैन । राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ भनेको छ । यि तीन कुरा बाहेक कुनै पार्टीमा लाग वा नलाग भनेर संविधानले भनेको छैन ।

संविधानले रोक्दै नरोकेको पार्टीमा लाग्न नपाउने भन्ने व्यवस्था अनि संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर, निर्णय गरेर रोक्न मिल्छ र रु संविधानले रोकेको छैन । डेमोक्रेटिक राइटलाई उल्लंघन गर्ने काम कुनैपनि राजनीतिक दलले गर्न मिल्दैन ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x