बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ट्यालेन्ट अफ नेपालको अडिसन सुरु

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । यथार्थ प्रतिभाको एउटै मञ्च ट्यालेन्ट अफ नेपाल रियालिटी शो ले अडिसन सुरु गरेको छ । बागमती टेलिभिजनमा प्रशारण हुने रियालिटी शो ले अडिसन सुरु गरेको हो ।

सुआयुष्ना मिडिया बज एड्भरटाइजमेन्ट प्रालिले उत्पादन गर्न लागिएको यथार्थ प्रतिभाको एउटै मञ्च ट्यालेन्ट अफ नेपाल रियालिटी शो बागमती टेलिभिजन एचडीमा प्रशारण हुनेछ । काठमाडौंको स्वयम्भूस्थित द एक्सेलसियर स्कुलबाट अडिसन सुरु गरेको हो ।

अडिसनमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक, क्यारिकेचर गरेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । रियालिटी शो को निर्माता तथा निर्देशक आयुषा पोखरेल रहेकी छन् । कार्यक्रम भने शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि १० बजेसम्म सातामा दुई दिन प्रसारण हुनेछ ।

कार्यक्रम एक घण्टाको हुनेछ भने ३२ भागको हुने सुआयुष्ना मिडिया बज एड्भरटाइजमेन्ट प्रा.लि.अध्यक्ष पोखरेलले जानकारी दिइन । यथार्थ प्रतिभाको एउटै मञ्च ट्यालेन्ट अफ नेपाल रियालिटी शोमा विभिन्न प्रतिभा प्रतियोगिहरुले प्रस्तुत गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x