वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैनः पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।
भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका हुन । दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको जिकिर थियो ।
बुधवार काठमाडौंमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरुले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कूलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे । उनले आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहो¥याएका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘सत्तारुढ काँग्रेस–एमाले गठबन्धन नेताहरुले बनाएको होइन । मलाई कण्ठ थाहा छ–त्यो विचौलिया, दलालहरुले उनीहरुको घरमा, उनीहरुको होटलमा लगेर उनीहरुको इच्छा अनुसार बनेको सरकार भयो यो । त्यसकारण यो सरकारले भ्रष्टाचारका विरुद्ध केही पनि गर्न सक्दैन ।
यो सरकारले बेथिति र अराजकताका विरुद्ध केही पनि गर्न सक्दैन । किनकी उनीहरुले नै बनाएको सरकार हो । राम्रो काम गर्न खाज्यो हटाउ भन्छ सरकार । राम्रो काम गर्न खोज्यो कुलमान हटाउने । कान्छा राम हटाउने । अलि राम्रो इन्दिरा राना हटाउ । हेर्नुस्त छ छानीछानी जनजाति हटाउने ।
छानीछानी राम्रो काम गर्ने मान्छे हटाउने । अनि आफूलाई फाईदा हुनेगरी बिचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने । यही त अहिले भईराखेको छ । त्यसो भएको हुनाले म तपाईहरुलाई के भन्न चाहन्छु भने यो परिस्थिति हामीले बदल्नु पर्नेछ । अरुले होइन ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE