बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएका छन् ।

बुधबार वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए ।

वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा २ बजेर १५ मिनेटमा उजुरी दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x