बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस मनाइयो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रवार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्यालीसहित यो दिवस मनाइएको हो ।

यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ ।

र्यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्दै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए । ¥यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x