काठमाडौंमा डेङ्गीको जोखिम आगामी कात्तिकसम्मै, थप सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ ।
पछिल्लो समय महानगरपालिकाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको हो । महानगरको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले डेङ्गी सङ्क्रमित बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै अलि बढीनै सचेत रहन आग्रह गरिएको बताए ।
भुसालका अनुसार लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने काम समेत भइरहेको छ । महानगरपालिकाले यसअघिबाट नै लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ ।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान जारी राखिएको महानगरले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE