३० आश्विन २०८३, शुक्रबार

ललितपुरमा कोशीका मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि …

0
Shares


काठमाडौं । ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ ।

शनिबार बिहान ललितपुर महानगरपालिका–२८ कटिखेलस्थित मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

को १ झ ६९९ नम्बरको सरकारी गाडीले बाटो काट्दै गरेकी ११ वर्षीया बालिका उषा सुनुवार मगरलाई ठक्कर दिएको हो ।

एमालेबाट मन्त्री भएका जोशी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन शनिबार बिहान गोदावरी जाँदै थिए ।

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयले गोदावरी जाने सडक अवरूद्ध गरेका थिए ।

घाइते भएकी बालिका सुनुवारलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।